विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य हटाइए, मनोज सिलवाल नियुक्त



काठमाडौं,असोज ५ । सरकारले नेपाल विद्युत् प्राधिकरण (नेपा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

करीब पाँच महिनाअघि मात्र कार्यकारी निर्देशक बनेका शाक्यलाई सरुवा गरी जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा पठाइएको छ। गत चैत ११ गते तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्