नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन,असोज ६ । नारायणगढ–मुग्लिन सडक खण्ड अहिले साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।
भरतपुर सडक डिभिजन कार्यालयका अनुसार तुइन खोलामा खसेको पहिरो पन्छाएपछि आज साँझ ५ः३० बजेदेखि सडक दुईतर्फी यातायातका लागि खुलाइएको हो।
यसअघि सडक एकतर्फी मात्र सञ्चालनमा रहेकोमा दिउँसो केही समय गाडी बन्द गराई पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
कार्यालयले चालकहरूलाई लेनअनुसार सवारी साधन चलाउन आग्रह गरेको छ।

