रुडेक नेपालको १७औं वार्षिक साधारणसभा सम्पन्न



नुवाकोट,असोज ६ । ग्रामिण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक नेपाल) को १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष मिनकुमार के.सी.को अध्यक्षता तथा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला के.सी. विशेष अतिथि रहनु भएको थियो।

सभामा रुडेक नेपालका साझेदार संस्था ‘रुम टु रिड नेपाल’, ‘जिएनआई नेपाल’, ‘एससीएआई अष्ट्रेलिया’ का प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, किसान, विद्यार्थी, पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको छ। साथै, संस्थाको सहयोगमा कक्षा १२ उत्तीर्ण विद्यार्थी, सरोकारवाला तथा कृषकहरुलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्