धनगढीमा सडकको नाम ‘जेनजी मार्ग’



धनगढी,असोज ७ । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको एक सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिएको छ।

जेनजी आन्दोलन र जेनजी सहिदको सम्मानस्वरूप पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सडकलाई ‘जेनजी मार्ग’ नाम दिइएको हो। नेपालमा सत्ता उलटफेर गराउनेगरी सम्पन्न जेनजी आन्दोलन सफल भएपछि नगर प्रमुख गोपाल हमालले उक्त सडकलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा गरेका थिए।

नगर प्रमुखको घोषणापछि जेनजीहरूले नै सडकमा ‘जेनजी मार्ग’ लेखिएका बोर्डहरू राखेका छन्। वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरका अनुसार नगर कार्यपालिकाको बैठकबाट प्रस्ताव पारित गरी यसलाई औपचारिक रूपमा कार्यान्वयन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्