सिरहामा अपहरणपछि १५ वर्षीय किशोरको हत्या
सिरहा, असोज ७ – सिरहाको गोल बजार नगरपालिका–१३ मा १५ वर्षीय एक किशोरको अपहरणपछि हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माका अनुसार मृतक गोल बजार–१३ का अभिषेक सिंह हुन्। अभिषेक असोज ५ गते रातिदेखि हराएका थिए।
परिवारले रातभरि खोजतलास गर्दा पनि नपाएपछि असोज ६ गते बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरणमा परेको र पैसा मागिएको सन्देश आएको थियो। त्यसपछि परिवारले तत्काल प्रहरीलाई जानकारी गराएका थिए।
आज बिहान करिब ६ बजे अभिषेक आफ्नै आफन्तको आँप गाछीमा मृत अवस्थामा फेला परेका हुन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए।

