नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ
काठमाडौं, असोज ७ – नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र तोलामा ३ हजार ९०० रुपैयाँले सुन महँगिएको हो।
यससँगै प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँमा पुगेको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर मंगलबार प्रतितोला २ हजार ६८० रुपैयाँ पुगेको छ। सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
सुन–चाँदीको मूल्यमा निरन्तर भइरहेको उतारचढावले बजारमा व्यापारिक कारोबार र उपभोक्तामा प्रत्यक्ष प्रभाव पारेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्।

