पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्न अझै २ घण्टा लाग्ने 



धादिङ,असोज ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग खुलाउन अझै २ घण्टा भन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

‘अहिले पाँचवटा उपकरणहरु प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भई रहेको छ । थप पहिरो नखसे करिव दुई घन्टासम्ममा पन्छाइसकिनेछ । जवाङ खोलाको नयाँ पहिरो हो। निरन्तर पहिरो झरिरहेकाले थप चुनौतीपूर्ण बनेको छ´उनले भने ।

जवाङ र तुइन खोलाको पहिरोले दसैंमा घर हिँडेका र काठमाडौंतर्फ आइरहेका यात्रु समस्यामा परेका छन्। काठमाडौंबाट छुटेका रात्रीबससमेत नागढुंगा–मुग्लिनको जाममा छन्। ठूला बसहरूले वैकल्पिक बाटो प्रयोग गर्न नसक्ने हुँदा पनि यात्रुहरू अलपत्र पर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस्