आम जनता पार्टीको केन्द्रीय कमिटी पुनर्गठन, ३४८ सदस्यीय संरचना घोषणा
काठमाडौं, असोज ७ – आम जनता पार्टी (आजपा)ले आफ्नो केन्द्रीय कमिटी पुनर्गठन गरेको छ। प्रभु साहको अध्यक्षतामा पुनर्गठित कमिटीमा ३ सय ४८ सदस्य रहेका छन्।
पार्टीको काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा भवनमा असोज ४ र ५ गते बसेको पदाधिकारी बैठकले पुनर्गठन गर्ने निर्णय गरेको हो।
नवगठित संरचनाअनुसार १४ सदस्यीय केन्द्रीय कार्यालय, ८७ सदस्यीय सचिवालय, २ सय ४७ सदस्यीय केन्द्रीय कमिटी र १ सय १ वैकल्पिक सदस्य रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
केन्द्रीय कार्यालय सदस्यमा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक कुमार लामा, त्रिभुवन साह, चन्द्रभुषण साह, धनकुमारी मगर, सुधिर यादव, सियाराम कुशवाहा, श्रीचन्द मुखिया, उमेश कुशवाहा र देवी पण्डित रेग्मी रहेका छन्।
त्यस्तै सचिवालय सदस्यमा श्रीलाल महासेठ, रबिन्द्रप्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, राधेश्याम साह, बिजय यादव, सुभाषप्रसाद साह, रामकेशव गुप्ता, ओमप्रकाश सिंह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, बबिता यादव, गितादेवी साह, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सराज बछार, अञ्जित कुशवाहा, शिव थापा, शुभद्रा गुप्ता, अनिल झा, राजेश साह, सुरेश चौधरीलगायत रहेका छन्।
पार्टीले पुनर्गठनसँगै संगठनलाई अझ मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

