अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा



धादिङ, असोज ७ – सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति करिब १० बजेदेखि सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार डोजर प्रयोग गरी पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा आएको हो।

प्रहरी उपरीक्षक रिजालले तत्काल राजमार्ग खुले पनि जोखिम भने टरेको छैन भन्दै निरन्तर पहिरो खस्ने क्रम भइरहेकाले सतर्क रहन आग्रह गर्नुभयो।

अवरुद्धताका कारण रोकेर राखिएका सवारी साधनहरू अहिले आफ्नो गन्तव्यतर्फ लागेका छन्। तर, राजमार्गमा सवारी साधनको चाप बढेकाले लामो जामको समस्या देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्