निर्वाचन कानुनमा रहेको जटिलता अध्यादेशमार्फत फुकुवा



काठमाडौँ, असोज ८ । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनमा रहेको जटिलता फुकाएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) अनुसार निर्वाचन मिति तोकिसकेपछि नयाँ मतदाता नाम समावेश गर्न नपाइने प्रावधानलाई सच्याउन अध्यादेश ल्याइएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता सम्पन्न भएलगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्ने अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्