प्रधानमन्त्री कार्कीले बिहीवार राष्ट्रलाई सम्बोधन गर्ने



काठमाडौँ, असोज ८ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन्।

प्रधानमन्त्री कार्यालयका अनुसार प्राविधिक समस्या नभए बिहीवार साँझै सम्बोधन हुने कार्यतालिका रहेको छ।

जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकेको अवस्थामा प्रधानमन्त्रीको सम्बोधनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

उनले समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा सम्बोधन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्