काठमाडौँको सिडिओमा ईश्वरराज पौडेल, छवि रिजाल सरुवा



काठमाडौँ, असोज ८ । गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ। मन्त्रालयले ईश्वरराज पौडेललाई काठमाडौँको नयाँ सिडिओको रूपमा पठाएको हो।

यसअघि काठमाडौँमा सिडिओका रूपमा कार्यरत छवि रिजाललाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकारले काठमाडौँका प्रहरी प्रमुखसमेत परिवर्तन गरेको थियो। सोही क्रममा प्रशासनिक नेतृत्वमा पनि फेरबदल गरिएको हो।

प्रतिक्रिया दिनुहोस्