प्रधानमन्त्री कार्की आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ, असोज ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यतालिका तय भएको हो।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले यसअघि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्।
उनको नेतृत्वमा प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ। तेस्रो पटक मन्त्रिमण्डल विस्तार भइसकेको वर्तमान सरकारको प्राथमिक कार्यभार भने आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु रहेको छ।

