उच्च बिन्दुबाट १७०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
काठमाडौं,असोज ९। नेपाली बजारमा लगातार बढेर उच्च रेकर्ड बनाएकाे सुनकाे मूल्य बिहिबार घटेकाे छ । बुधबार प्रतिताेला १३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य बिहिबार १७०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख २१ हजार ३०० रुपैयाँमा झरेकाे छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँ घटेको छ। आज चाँदीकाे मूल्य प्रतितोला २ हजार ६८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी २ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

