नुवाकोटको त्रिशुली नदी किनारमा अन्दाजी ६०–६२ वर्षीय पुरुषको बेवारिसे शव फेला
नुवाकोट, असोज ९ — नुवाकोटको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार दोवानटारस्थित त्रिशुली नदीको बगरमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बिहीबार बिहान करिब ११:१५ बजे फेला परेको शव अन्दाजी ६०–६२ वर्ष उमेरको देखिन्छ।
शव फेला परेपछि प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर मुचुल्का उठाउँदै प्रारम्भिक अनुसन्धान पूरा गरेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिशुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।
हालसम्म मृतकको सनाखत हुन नसकेकाले प्रहरीले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ। शवको हुलिया यसप्रकार छ — गहुँगोरो वर्ण, उचाइ करिब ५ फिट ४ इन्च, कपाल सेतो–कालो मिसिएको।
कोही व्यक्तिले मृतकलाई चिनेमा वा पहिचान गर्न सकेमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गर्न आग्रह गरिएको छ। यसका लागि ९८५१२५३७२४, ९८५१२८५१९९ वा ९८५१२८२८११ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

