निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
काठमाडौं,असोज १० । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ। लेखककी आमा शारदा लेखकको उपचारका क्रममा बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ।
८९ वर्षीया शारदा लेखकको ह्याम्स अस्पतालमा उपचाररत रहँदा बिहीबार अपराह्न ४ बजे निधन भएको हो।
स्वर्गीय शारदाको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको लेखक परिवारले जनाएको छ।

