छहरे-टोखा अन्तर्गत शिवपुरीमा इभीद्वारा मोटरसाइकललाई ठक्कर, चालक गम्भीर घाइते
नुवाकोट, असोज १० । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–७ ठानाभन्ज्याङमा भर्खरै भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार एक इभि (विद्युत सवारी) ले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको खुट्टा गम्भीर रूपमा चोट लागेको छ।
घाइते चालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको जनाइएको छ। घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मी पुगेका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

