माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकियो, महाधिवेशन आयोजक समितिमा रूपान्तरण
काठमाडौँ, असोज १० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सम्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक सकिएको माओवादी नेता माधव सापकोटाले जानकारी दिनुभयो।
बैठकले प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गर्दै केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव पनि बैठकले सदर गरेको छ।
त्यसैगरी, बैठकले आगामी निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ।
जेन–जी आन्दोलनका क्रममा भएको क्षति व्यवस्थापन गर्ने र पार्टीको संरचना निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय पनि बैठकले गरेको नेता सापकोटाले बताए।

