धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, एक गम्भीर घाइते



जनकपुरधाम, असोज १० । धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो।

कमला नगरपालिका–२ माची र लगमा बीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो। सोही दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो।

प्रहरीका अनुसार तीनै जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लगमा बजारबाट जाँदै गर्दा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्