नुवाकोटमा तीव्र गतिको इभी गाडी लिखु खोलामा खस्यो
नुवाकोट, असोज ११। तीव्र गतिका कारण नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी लिखु खोलामा खसेको छ । बागमती प्रदेश ०६००१ ज ३३८ नम्बरको उक्त गाडी शुक्रबार राति करिब ११ः२० बजे सडकबाट करिब ३० मिटर तल खसेर लिखु खोलामा पुगेको हो।
दुर्घटनामा गाडीमा चालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुन पाएन । चालक सामान्य घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। दुर्घटना लिखु–३ चौघडा पुल नजिकै भएको हो।
चाडपर्वको समयमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यात्रीसँग जथाभावी भाडा उठाउने प्रवृत्ति बढेकाले व्यापक जनगुनासो आइरहेको स्थानीयवासीले बताएका छन्। यसरी बढ्दो लापरबाहीले सडक दुर्घटनाको जोखिम उच्च हुँदै गएको भन्दै प्रहरी प्रशासनले सावधानी अपनाउन चालकहरूलाई आग्रह गरेको छ।
भिडियो हेर्नुस्

