नुवाकोटमा मोटरसाइकल दुर्घटना, चालक घाइते
नुवाकोट, असोज ११ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित तादीपुल जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्।
शनिबार बिहान करिब २ः३० बजे त्रिशुलीबाट तादीपुलतर्फ जाँदै गरेको बा ९१ प २९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बाँया किनारको नालामा खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा सोही नगरपालिका–५ बस्ने २३ वर्षीय सन्तोष श्रेष्ठ घाइते भएका छन्। उनको बाँया हात, दुवै घुँडा र पैतालामा चोट लागेको छ। अवस्था मध्यम रहेको र हाल स्थानीय चक्रदेव मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

