जेन्जी आन्दोलनको ११ सदस्यीय वार्ता टोली घोषणा
काठमाडौं, असोज ११ । जेन्जी (GenZ) नेतृत्वको २०८२ को जनआन्दोलनका लागि ११ सदस्यीय आधिकारिक वार्ता टोली घोषणा गरिएको छ।
घोषित टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवरलगायत सदस्यहरू रहेका छन्।
वार्ता टोलीले आन्दोलनका मागहरू सरकारसँग औपचारिक रूपमा प्रस्तुत गर्ने बताइएको छ। जेन्जी नेतृत्वले आफ्ना मागहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्दै, समस्या समाधानका लागि वार्तामार्फत अघि बढ्न तयार रहेको जनाएको छ।

