अखिल (क्रान्तिकारी) नुवाकोट पुनर्गठन, अध्यक्षमा इन्जिनियर कपिल शाह चयन



नुवाकोट, असोज ११ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नुवाकोटको नयाँ नेतृत्व चयन भएको छ। शनिबार बिदुर नगरपालिका–५ पिपलटारस्थित पोष्ट बहादुर पार्कमा सम्पन्न भेलाले इन्जिनियर कपिल शाहलाई अध्यक्षमा चयन गरेको हो।

नवगठित कार्यसमितिमा सुर्यगढी क्याम्पस स्ववियु सभापति जीवन तामाङ उपाध्यक्ष बनेका छन् भने अर्का उपाध्यक्षमा रोजिना तामाङ चयन भएका छन्। त्यस्तै, सचिवमा इन्जिनियर निराजन दाहाल, सहसचिवमा बिजय रिमाल र पल सुनार तथा कोषाध्यक्षमा सजना खाती चयन गरिएको छ।

भेलाले नयाँ नेतृत्वलाई संगठन सुदृढीकरण, विद्यार्थी अधिकारका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने तथा शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि आन्दोलनमार्फत दबाब सिर्जना गर्ने जिम्मेवारी दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्