नुवाकोटको देवीघाट जालपा देवी मन्दिर प्राङ्गणमा १०८ फोहोरा सहित शिव कुण्ड निर्माण
नुवाकोट,असोज १२ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीघाट जालपा देवी मन्दिर प्राङ्गणमा १०८ ओटा पानीका फोहोरा सहितको शिव कुण्ड निर्माण गरिएको छ।
बेलकोटगढी नगरपालिका–१३ दाङमै घर भई हाल अमेरिका निवासी रुपक लोहनीले उक्त शिव कुण्ड निर्माण गरिदिएका हुन्। मन्दिरमा आउने भक्तजनका लागि धार्मिक वातावरणसँगै सौन्दर्य र सुविधा अभिवृद्धि गर्ने उद्देश्यले शिव कुण्ड निर्माण गरिएको स्थानीयले बताएका छन्।
मन्दिर व्यवस्थापन समितिका अनुसार शिव कुण्ड निर्माणसँगै यहाँको आकर्षण थपिएको छ भने यसले पर्यटक तथा तीर्थयात्रीहरूलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ।

