नुवाकोटमा विद्युतीय गाडी दुर्घटना



नुवाकोट ,असोज १२। नुवाकोटको विदुर–५ पिपलटारमा आइतबार बिहान विद्युतीय गाडी दुर्घटना भएको छ। पार्किङ गर्ने क्रममा ००१ज ४६८ नम्बरको विद्युतीय माइक्रोबस वडा कार्यालय नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। गाडी भने आंशिक क्षतिग्रस्त भएको छ।

हालका दिनमा नुवाकोटमा विद्युतीय गाडी दुर्घटना बढ्न थालेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। दुर्घटना न्यूनिकरणका लागि चालक र यात्रु दुवै स्तरमा सचेतना आवश्यक रहेको जनस्तरमा आवाज उठ्न थालेको छ।

चाडपर्वको समयमा यात्रु संख्या बढ्ने भएकाले सुरक्षित यात्रा गर्न प्रहरीले पनि सर्वसाधारणलाई सावधानी अपनाउन र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्