सुर्खेतमा इभी गाडी दुर्घटना, १७ जना घाइते



सुर्खेत,असोज १२ ।  नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क प्र०२००१ख ११२९ नम्बरको इभी गाडी आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैं अनियन्त्रित भई सडक किनारमा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय चालक हरि मल्ल, जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत र वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही रहेका छन्।

त्यसैगरी अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ की ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका–३ की २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीय विष्णु शाही, मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही र जुम्ला चन्दननाथ–१ का २१ वर्षीय श्री परियार छन्।

प्रहरीका अनुसार सबै घाइतेहरूको उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्