दसैँमा पनि नेपाल आयल निगमका १३ कार्यालय र डिपो खुला रहने



काठमाडौं,असोज १२ । दसैँ बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। सार्वजनिक बिदाका दिन पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले विशेष व्यवस्था गरेको हो।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय खुला रहनेछन्। त्यस्तै, धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलस्थित इन्धन डिपो पनि सञ्चालनमा रहने छन्।

दसैँका समयमा सवारीसाधनको प्रयोग बढ्ने भएकाले इन्धनको खपत पनि अत्यधिक हुने गर्छ। यसलाई ध्यानमा राखी आवश्यक आपूर्ति व्यवस्थापन मिलाइएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्