नुवाकोटमा गायक प्रताप दास र समिक्षा अधिकारीको स्वरमा रहेको ‘बयान’ गीत सार्वजनिक



नुवाकोट,असोज १३ । गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ भिडियोसहित सार्वजनिक गरिएको छ।

नुवाकोटको विदुरस्थित शिवालय सिनेप्लेक्समा विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक कार्यक्रममा म्युजिक भिडियो निर्माण टोलीसँगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

गीतमा नुवाकोटमै व्यवसाय गरेर सफल बनेका सन्तोष सरगम अधिकारीको शब्द रहेको छ भने सरोज पोखरेलले संगीत गरेका छन्। रोशन दास निर्देशित भिडियोमा सन्तोष सरगम अधिकारिको जीवनयात्रा र सफलताको कथा देखाइएको छ।

नितेश घतानले छायांकन गरेको भिडियोको सम्पादन बिनोद बमले गरेका छन्। भिडियोमा सन्तोष सरगम अधिकारीसँगै प्रियना आचार्य, नारायण बिक र रुपा पुडासैनीले अभिनय गरेका छन्। सन्तोष सरगम अधिकारीको यो पहिलो म्युजिक भिडियो हो। भिडियोमा सन्तोष र प्रियनाको केमेस्ट्री विशेष आकर्षण बनेको छ।

सन्तोष सरगमको निर्माणमा तयार भएको भिडियो सरोज पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थानलाई समेत मनमोहक ढंगले प्रस्तुत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्