काठमाडौं भीमसेनस्थानमा भीषण आगलागी, नौवटा दमकल परिचालन



काठमाडौं,असोज १३ । काठमाडौं महानगरपालिका–भीमसेनस्थान क्षेत्रमा आइतबार राति भीषण आगलागी भएको छ। सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चार वटा घर जलेको प्रहरीको प्रारम्भिक जानकारी छ।

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रविचरणका अनुसार, आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीको समन्वयमा नौवटा दमकल परिचालन गरिएको छ। अहिले आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

आगलागीबाट भएको मानविय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्