जेन्-जी आन्दोलनमा घाइते नुवाकोट पञ्चकन्याका लक्ष्मण राईको उपचारका क्रममा निधन
काठमाडौं,असोज १३ । जेन्-जी आन्दोलनको क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या–२ माथिल्लो कठेरीका ३६ वर्षीय लक्ष्मण राईको निधन भएको छ। राजधानीस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा आइतबार उहाँले प्राण त्याग गर्नुभएको हो।
उहाँको निधनले स्थानीयवासी, आफन्त र आन्दोलनमा संलग्नहरुलाई स्तब्ध बनाएको छ। लक्ष्मण राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको छ।
यस्तै, शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

