एशिया कप क्रिकेटको उपाधि भारतलाई



काठमाडौं,असोज १३ । एसिया कपको उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै नवौँ पटक एशिया कपको उपाधि चुमेको हो ।

दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले ।

५३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै शिवम् दुवेले ३३ रन बनाउँदा सन्जु श्यामसनले २४ रनको योगदान गरे ।

पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए भने शाहिन्सा अफ्रिदी र अब्रार अहमदले एक–एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्