गुल्मीमा बस दुर्घटना, १५ जना घाइते



गुल्मी,असोज १३ । गुल्मीको तम्घास–सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस आज ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बस स्थानीय मनिष कुँवरको खाली घरमा अड्किएपछि ठूलो जनधनको क्षति हुनबाट जोगिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा इस्मा गाउँपालिका–६ अमरपुरका २१ वर्षीय नबिन महत, ३१ वर्षीय दिपक पराजुली, २२ वर्षीय रेशम भण्डारी, ७३ वर्षीया हरिकला कुमाल, ४३ वर्षीया राधिका बस्नेत, २२ वर्षीया कोपिला बस्नेत, १७ वर्षीय अनिल बस्नेत, ३३ वर्षीया सरिता कुमाल, ११ वर्षीय कृष्ण कुमाल, ३९ वर्षीय सन्तबहादुर कुमाल, ७८ वर्षीया चन्द्री कुमाल, ३ वर्षीय ईश्वर कुमाल, ३३ वर्षीया सरिता महत, १३ वर्षीय सचिन महत र मालिका गाउँपालिका–६ की ३५ वर्षीया लक्ष्मी बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो।

घाइतेहरूको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्