जेन–जी आन्दोलनका शहीद नुवाकोटका लक्ष्मण राईलाई राजकीय सम्मानसहित अन्त्येष्टि



काठमाडौं,असोज १३ । जेन–जी आन्दोलनमा घाइते भई उपचारका क्रममा निधन भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ माथिल्लो कठेरीका शहीद लक्ष्मण राईको आज काठमाडौंको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, पूर्व मन्त्री हितबहादुर तामाङ र पूर्व मन्त्री एवं बागमती प्रदेशसभा सदस्य राधिका तामाङसहितको विशेष उपस्थिती रहेको थियो।

कार्यक्रममा सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामना गरेका थिए। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको थियो।

राईलाई जेन–जी आन्दोलनका क्रममा प्रदर्शनमा संलग्न रहँदा गम्भीर घाइते भई उपचाररत अवस्थामा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्