श्रीमान् द्वारा पत्नीको हत्या



इटहरी, असोज १४ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा एक महिलाको हत्या भएको छ। खोटाङको ऐसलुखर्क गाउँपालिका–१ निवासी २५ वर्षीया अनिसा भट्टराईलाई उनका श्रीमान् सुमन दाहालले काठको दाउराले प्रहार गरी हत्या गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार घरेलु विवादका क्रममा सुमनले अनिसाको टाउको, नाक र कानमा प्रहार गरेका थिए। घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा गएराति उनको मृत्यु भएको डीएसपी हमालले जानकारी दिए।

घटनापछि प्रहरीले सुमनलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्