राँगा काट्ने ग्रेण्डर मेसिनले खुट्टा काटिँदा एक व्यक्तिको मृत्यु



झापा, असोज १४ । झापाको भद्रपुर नगरपालिका–१ मा ग्रेण्डर मेसिनले खुट्टा काटिँदा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङका अनुसार मृतक ३५ वर्षीय रमेश परियार हुन्।

सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्ने क्रममा ग्रेण्डर मेसिनमा बायाँ खुट्टा परेपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगिएको थियो। तर, अत्यधिक रक्तश्रावका कारण गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्