नुवाकोटको लिखुमा अपरिचित व्यक्तिको शव सडेगलेको अवस्थामा भेटियो



नुवाकोट, असोज १४ । नुवाकोटको लिखु गाउँपालिका–१ र २ को सिमानामा पर्ने बिउरेनी नजिक दोमान खोलामा एक अपरिचित व्यक्तिको शव फेला परेको छ।

प्रहरीका अनुसार शव सडेको अवस्थामा भेटिएको छ, जसका कारण पहिचान गर्न कठिनाइ भएको छ।

घटनास्थलमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको र शवको पहिचानका लागि अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्