महानवमीमा राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा



काठमाडौँ, असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा आज राष्ट्रपति भवनमा नौ जना कन्याको पूजा गरेका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्यालाई राष्ट्रपति पौडेलले आज विशेष पूजा गरेका हुन्।

महानवमीका दिन हरेक वर्ष राष्ट्रप्रमुखले नवदुर्गाका प्रतीकका रूपमा नौ कन्याको पूजा गर्ने परम्परा रहिआएको छ। यसै अवसरमा प्रथम महिला सविता पौडेलले पनि सो कन्याको पूजार्चना गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्