झापामा चट्याङ लागेर एक महिलाको मृत्यु



झापा, असोज १५ । झापाको बिर्तामोडमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको बुधबार मृत्यु भएको हो।

बुधबार बिहान करिब ११ बजे वर्षासँगै परेको चट्याङ लाग्दा ऋषिदेव खेतमा बाख्रा लिन गएकी बेला घाइते भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्