नुवाकोटमा भिरबाट खस्दा एक जनाको ज्यान गयो
नुवाकोट, असोज १५ । नुवाकोटको सूर्यगढी गाउँपालिका–३ सूर्यगढीडाँडामा भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार बिहान करिब १०ः३० बजे सोही स्थानका करिब ४५ वर्षीय रामशरण अधिकारी बागेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा बाटोबाट ६०–७० मिटर तल खसेका थिए।
खस्दा टाउको र शरीरमा गम्भीर चोट लागेका अधिकारीलाई तत्काल उपचारका लागि त्रिशुली अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

