आज विजया दशमी, टीकाको शुभ साइत बिहान ११:५३ मा
काठमाडौं,असोज १६ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११:५३ बजे रहेको जनाएको छ। समितिका अनुसार टीका माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार देवी विसर्जन गर्ने शुभसाइत बिहान ९:२३ बजे तोकिएको छ। परम्पराअनुसार विजया दशमीका दिन बिहानै देवी विसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने प्रचलन रहिआएको छ।
आजै अपराह्न १२:१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने र अपराह्न १:४९ बजे स्थिरासन दिवस तथा खड्ग जात्रा सञ्चालन हुने जानकारीसमेत समितिले दिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले हस्ताक्षर गरी जारी गरिएको सूचनामा यस वर्षको दशैंमा देवी विसर्जनदेखि टीका–जमरा ग्रहणसम्मका धार्मिक कर्मकाण्ड शुभ साइतमै गर्न सकिने उल्लेख गरिएको छ।

