धादिङमा बोलेरो दुर्घटना, ११ जना घाइते
धादिङ,असोज १७ । धादिङको नीलकण्ठ नगरपालिका–१३ पचघरेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
दार्खाबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो दामन पाख्रिन मार्ग अन्तर्गत सांकोष पचघरेमा सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
स्थानीयका अनुसार बोलेरोमा १४ जना सवार थिए। दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका डा. दिनेश रेग्मीका अनुसार छ जनाको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ।
दुर्घटनाको कारण खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

