छहरे–टोखा सडकखण्डको सवारी जाम खुल्यो



नुवाकोट,असोज १७ । छहरे–टोखा सडकखण्ड अन्तर्गत छहरेदेखि सातदोबाटोसम्म शुक्रबार दिउँसो भएको जाम करिब दुई घण्टापछि खुलेको छ।

यात्रुवाहक बस बाटोमै बिग्रिएपछि सडकमा लामो जाम भएको छहरे अस्थायी प्रहरी चौकीले जनाएको छ। चाडपर्वको समयमा यात्रुहरूको ओहोरदोहोर बढी हुने भएकाले यात्रुले ठूलो समस्या भोग्नुपरेको थियो।

प्रहरी र स्थानीयको सहयोगमा बिग्रिएको बस हटाइएपछि सडक पुनः सञ्चालनमा आएको हो। जाम खुल्नासाथ यात्रुहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रतिक्रिया दिनुहोस्