इन्डोनेसियामा विद्यालय भवन ढल्दा मृतक आठ, ५५ अझै बेपत्ता



जकार्ता, असोज १८। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा विद्यालय भवन ढल्दा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबारसम्मको उद्धार क्रममा थप तीन शव बरामद भएपछि मृतकको संख्या बढेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (BNPB) का प्रमुख सुहर्यान्टोले जनाएका छन्।

उहाँका अनुसार अहिले पनि ५५ जना बेपत्ता रहेका छन्। उद्धारका लागि भारी मेसिनरी तैनाथ गरिएको छ भने जारी उत्खननमा उद्धारकर्ताहरू संलग्न रहेका छन्। सुरुमा भारी उपकरण प्रयोग गर्दा थप जनहानि हुने आशंका भएकाले उद्धार कार्य मानव स्रोतको भरमा मात्र भइरहेको अधिकारीहरूले बताएका थिए।

सिडोर्जो जिल्लामा रहेको बहुमञ्जिला अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलको एक भाग सोमबार अनधिकृत नवीकरणको क्रममा ढलेको थियो। सो क्रममा दशौँ विद्यार्थी भवनभित्रै फसेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्