पाँचथर दुर्घटना अपडेट: ४ जनाको उद्धार
पाँचथर,असोज १८। पाँचथरको कुम्मायक गाउँपालिका २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ ।
स्थानीयले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धरानतर्फ पठाएका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन । सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल गइरहेकाे र त्यहाँ पुगेपछि विस्तृत थाहा हुने प्रहरीले बताएकाे छ।

