अविरल वर्षाका कारण भोलि र पर्सि देशभर सार्वजनिक बिदा
काठमाडौं,असोज १८ । सरकारले अविरल वर्षाका कारण सिर्जित प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै भोलि (आइतबार) र पर्सि (सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार लगातारको भारी वर्षाले जनजीवन प्रभावित बनेकाले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सरकारी कार्यालयहरू भोलिदेखि नियमित रूपमा सञ्चालन हुने तय भएकोमा वर्षाको प्रभावका कारण अब सोमबारसम्म बन्द रहनेछन्।
वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र आवागमनमा अवरोध सिर्जना भएकाले सरकारले आपतकालीन अवस्थालाई प्राथमिकता दिँदै सो निर्णय गरेको बताइएको छ।


