बागमती किनारका बस्ती डुबानमा, सेना परिचालन गरेर उद्धार कार्य सुरु



काठमाडौं,असोज १८ । अविरल वर्षासँगै काठमाडौँका केही बस्ती डुबानमा परेका छन्। बागमती खोला किनारका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीय बासिन्दा विस्थापित भएका हुन्।

स्थिति गम्भीर बनेपछि नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको छ। सेनाका टोलीहरूले डुबान प्रभावित बस्तीहरू खाली गराउन सुरू गरेका छन्।

सेनाले हरेक घरमा पुगेर मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने तथा आवश्यक सामान सार्न सहयोग गरिरहेको बताइएको छ।

वर्षा जारी रहेकाले डुबान प्रभावित क्षेत्रमा थप जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्