नुवाकोट प्रहरीले जारी गर्‍यो सतर्कता सूचना: भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम



नुवाकोट, असोज १८ — जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी उच्च सतर्कताको अनुरोधसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। लगातारको वर्षाका कारण नुवाकोट जिल्लाका विभिन्न वडा क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र डुबानका घटनाहरू हुन सक्ने चेतावनी दिइएको छ।

मुख्य तथा सहायक राजमार्गहरूमा समेत उच्च जोखिम बढ्न सक्ने भएकाले प्रहरीले अनावश्यक रूपमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ। बाढी–पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

कुनै आपत् वा घटना घटेमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय नुवाकोटको कन्ट्रोल रुम ९८५१२८२८११ तथा संचार शाखा ९८५१२८५१९९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्