नुवाकोटको शिवपुरी–पञ्चकन्या आसपास विद्युत सेवा अबरुद्ध, स्थानीयलाई सावधानी अपनाउन आग्रह



नुवाकोट,असोज १८— नुवाकोटको पूर्वी भेग शिवपुरी–पञ्चकन्या आसपासका क्षेत्रमा निरन्तर वर्षाका कारण विद्युत सेवा पूर्ण रूपमा अबरुद्ध भएको छ। छहरे फ्युज शाखाबाट निरन्तर मर्मत प्रयास गरिए पनि हालसम्म विद्युत लाइन पुनः सञ्चालन गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण छहरे शाखाका गोविन्द आचार्यले बताए ।

लगातारको वर्षाका कारण विद्युत लाइनमा अवरोध पैदा भएको र मर्मत कार्यमा कठिनाइ उत्पन्न भएकाले लाइन जडान सम्भव नभएको उनले बताए । त्यसो त केहि स्थानीयले भने दसैंको समयमा कर्मचारीले आफ्नो सुविधालाई हेर्दै विद्युत लाइन काट्ने गरेको आरोप लगाएका छन् ।

प्राधिकरणले स्थानीयवासीलाई  वर्षाको समयमा अत्यावश्यक तयारीका रूपमा मोबाइल फोन र आवश्यक विद्युत उपकरणहरूमा चार्ज सन्चित गरी राख्न अनुरोध गरिएको छ। साथै, अत्यावश्यक काम बाहेक मोबाइल प्रयोग नगर्न सुझाव दिइएको छ।

विद्युत अवरोधका कारण आपतकालीन अवस्थामा सम्पर्क र सहयोगमा समस्या पर्न सक्ने भएकाले सबैलाई सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्