कोशी नदी र सहायक नदीहरूको बहाव सतर्कता तह नाघ्दा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं,असोज १९ । आइतबार बिहान कोशी नदी जलाधार क्षेत्र र त्यसका सहायक नदीहरूको बहाव सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तरको वर्षाका कारण नदीहरूको जलसतह तीव्र गतिमा बढिरहेको छ।
विभागले कोशी प्रदेशका तटीय क्षेत्रका बासिन्दा र डुबान जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आज बेलुका सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
बाढी र डुबानको सम्भावना भएकाले स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायको निर्देशनअनुसार सुरक्षित स्थानमा बस्न र आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ।

