नुवाकोटमा असोज २० गतेदेखि नियमित सेवा सञ्चालन हुने



नुवाकोट, असोज १९ — नुवाकोट जिल्लामा भोलिदेखि सरकारी तथा सार्वजनिक संस्थाका सबै सेवाहरू नियमित रूपमा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार सूचना जारी गर्दै भोलि असोज २० गतेदेखि नियमित सेवा सञ्चालन हुने जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ,
“गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रानुसार यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू मिति २०८२/०६/२० देखि नियमितरूपमा सञ्चालन हुने व्यहोरा जानकारीका लागि अनुरोध छ।”

त्यससँगै जिल्लाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूले पनि असोज २० गतेदेखि अनिवार्य रूपमा सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ।प्रमुख जिल्ला अधिकारी शशिप्रिया भिमिरेले हस्ताक्षर गरेको उक्त सूचनामा सेवा सुचारुका लागि आवश्यक तयारी पूरा गरिएको र नागरिकलाई सहज सेवा प्रवाह गर्न सबै निकायलाई सहयोग गर्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले हस्ताक्षर गरेको उक्त सूचनामा सेवा सुचारुका लागि आवश्यक तयारी पूरा गरिएको र नागरिकलाई सहज सेवा प्रवाह गर्न सबै निकायलाई सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्